सिलगढी: सिलगढीको ज्योत्सनामयी प्राथमिक बालिका विद्यालयलको ७५औं वर्ष पुरा गरेको छ।यस उपलक्ष्यमा बलुनहरू उड़ाएर कार्यक्रमको शुरूआत गरियो भने ज्योत्सनामयी प्राथमिक बालिका विद्यालयका विद्यार्थीहरूले आज देशबन्धुपाड़ास्थित स्कुल परिसरबाट एउटा शोभायात्रा पनि निकाले उक्त शोभायात्रामा विद्यार्थीहरूले हातमा प्ला कार्ड बोकेर सहरवासीहरूलाई पानी खेरो जान नदिने साथै रुखका विरुवाहरू रोप्ने सन्देश दिए। उक्त स्कुलका प्रधानाध्यापक अतसी राय दासगुप्तले बताएअनुसार स्कुलको ७५औं वर्ष पुरा गरेको अवसरमा वर्षभरि नै साना-ठुला कार्यक्रमहरूको आयोजना गरिनेछ भने आज यसको शुरूआत गरिएको हो। यस अवसरमा प्राथमिक परिषदाके चेयरम्यान दिलीप राय, चार नम्बर बोरो चेयरम्यान जयन्त साहा, पार्षद प्रशान्त चक्रवर्ती लगायत अन्य उपस्थित थिए।









