ढल्दो उमेरमा पनि मैदानमा राज गरिरहेका काजुयोशी मियूरा

IMG-20260110-WA0063

टोक्यो: विश्वका सबैभन्दा अधिक उमेरका पेशादार फूटबल खेलाड़ी जापानका काजुयोशी मियूराको भनाइअनुसार, ढल्दो उमेरको साथ उनको खेलमा अझ निखार आइरहेको छ। किंग काजू-को नामले चिनिने मियूरा आउँदो महिना ५९ वर्षका हुनेछन्। उनले शुक्रवार टोक्योमा जे-लीग (जापानको घरेलु फूटबल लीग) को तेस्रो डिवीजन क्लब फुकुशिमा युनाइटेड एफसी-मा सामेल भएपछि प्रेस कन्फ्रेन्समा भने, म जति धेर आफ्नो सपनालाई पीछा गर्छु, त्यो त्यति अघि बढ़्छ। मेरो उमेरको साथमा जोश पनि पहिलाभन्दा बढ़िरहेको छ। म अहिले पनि मैदानमा आफ्नो शत प्रतिशत दिन तयार छु। फुकुशिमा युनाइटेडले मियूरालाई योकोहामा एफसीबाट लोनमा लिएको छ। उनले गत सीजनमा चौथो डीविजनको क्लब एट्लेटिको सुजुकाको निम्ति लोनमा खेलेका थिए। यस ५८ वर्षीय खेलाड़ीले सुजुकाको निम्ति ७ वटा म्याच खेलेर कुनै गोल चाहिँ गरेका थिएनन्। मियूराले जापान बाहेक ब्राजील, इटली, क्रोएशिया, अष्ट्रेलिया र पोर्तुगलमा पेशादार फूटबल खेलिसकेका छन्। उनले १९८६-मा ब्राजीलको शीर्ष क्लब सेण्टोसको साथ आफ्नो पेशादार करियरको शुरुवात गरेका थिए। महान फूटबलर पेलेले पनि यस क्लबबाट खेलेका थिए। मियूरा २०१७-मा ५० सालको उमेरमा पेशादार म्याचमा गोल गर्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी बनेका थिए। उनले ईंग्ल्याण्डका महान अन्तर्राष्ट्रिय खेलाड़ी स्टेनली म्याथ्यूजको रेकर्ड तोड़ेका थिए। मियूराले जापान सीनियर राष्ट्रिय टीमको निम्ति ८९ वटा म्याच खेलेर ५५ गोल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement