राजगञ्ज: पुलिसलाई देखेपछि गाई गोरु चोर्न गएका बदमासहरु गाई-गोरु त्यहीँ छोडेर चोरको दलले चम्पट कसेका छ। पुलिसको तत्परतामा दुइवटा गोरूहरु उद्धार गरिएको छ। यो घटना गत अबेर राति सिलगढी संलग्न फुलबारी इलाकामा घटेको हो। गत केही दिनदेखि फुलबारी इलाकामा चोरीहरूको उपद्रव निक्कै बढेको छ भने यहाँ प्रायःजसो चोरीको घटना घट्ने गरेकोले इलाकावासीहरू आतङ्कित छन्। उक्त इलाकामा पुलिसको नजरदारीको माग गर्दै स्थानीय मानिसहरूले धेरैपल्ट एनजेपी थानामा लिखित अभियोग दर्ता गरिसकेका छन्। यसैले पुलिसले फुलबारी इलाकामा टहलदारी शुरू गरेको छ। यसै क्रममा गत अबेर राति फुलबारीको गठमाबारी इलाकाबाट केही दुष्कृतिहरूलो गाई-गोरु चोरी गरेर लगिरहेको समय पुलिसलाई देखेर ती दुष्कृतिहरूले चोरी गरेको गाई-गोरु त्यहीँ छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले २ वटा गाई-गोरू उद्धार गरे तापनि चोरहरूलाई पक्राउ गर्न असफल भए। पुलिसको उक्त तत्परतामा इलाकावासीहरू निक्कै खुसी छन्।










