स्वतन्त्र बाम समूह नेकपामा प्रवेश

IMG-20260110-WA0035

बिर्तामोड़: गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर समूहलाई पार्टीमा स्वागत गर्नुभएको थियो।
गिरिराज केसी (एमालेका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार रहिसक्नु भएका), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्वमेयर, घोराही नगरपालिका), आरडी यादव, पिताम्बर आचार्यलगायत नेता-कार्यकर्ता नेकपामा समाहित भएका प्रचण्डको सचिवालयले जनाएको छ।

About Author

Advertisement