सूर्या फाउण्डेशनद्वारा आयोजित ग्रामीण खेल प्रतियोगिताको समापन

IMG-20260109-WA0071

खरसाङ: सूर्या फाउण्डेशनद्वारा आयोजित ग्रामीण खेल प्रतियोगिताको समापन गरिएको छ। सूर्या फाउण्डेशनले दार्जिलिङ क्षेत्रका विभिन्न गाउँहरुमा सात दिवसीय ग्रामीण खेल प्रतियोगिता आयोजित गरिरहेको छ। यसै क्रममा खरसाङ महकुमाको जोगमाया चिया बगान तथा वरिपरिका युवाहरुलाई लिएर यस खेल प्रतियोगिताको समापन गरिएको छ। यस खेल प्रतियोगिता अन्तर्गत दौड़, भलीबल, फुटबल, सूर्य नमस्कार आदि खेलहरु समावेश गरिएको थियो। यस अवसरमा क्षेत्र प्रमुख कमल दाहालले बताए अनुसार यस कार्यक्रम देशका १९ वटा राज्यका जम्मा ११३ गाउँहरुमा सम्पन्न भईरहेको छ। स्मरण रहोस् सूर्या फाउण्डेशन एक सामाजिक संस्था हो जसले समाज एवं देशहितको निम्ति विगत ३२ वर्षदेखि यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भनी योगेन्द्र छेत्रीले जनाएका छन्।

About Author

Advertisement