खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतको गिध्द पहाडस्थित गिध्द पहाड सुस्वास्थ्य केन्द्रमा सभासद जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले भ्रमण गरेका छन्। उनीसितै घैयाबारी एक ग्राम पञ्चायतकाे उप प्रधान आशिष छेत्री, खरसाङ ईन्जिनियरिङ विभागकाे एई नारायण छेत्रीले संयुक्त रुपमा भ्रमण गरेका गरेका थिए। उक्त सेन्टरकाे कमिटी हेल्थ अफिसर फुर्दीकी शेर्पाले सभासद श्याम शेर्पा समक्ष उक्त स्वास्थ्य केन्द्रबारे सम्पूर्ण जानकारी गराइन्। उनले उक्त केन्द्रबाट जनताले स्वास्थ्य विषयमा पाउने सुविधाहरुबारे जानकारी गराइन् साथै स्वास्थ्य केन्द्रमा रहेको समस्याहरुबारे पनि जानकारी गराइन्। समस्यामा विशेषगरी स्वास्थ्य केन्द्र मुख्य सडकदेखि २०-२५ मिटर मुनि रहेको र बाटोमा रेलिङ्ग नभएकोले बिरामीहरु र गर्भवती स्त्रीहरुलाई केन्द्रमा आउनु अप्ठ्यारो पर्ने भएकोले बाटोमा रेलिङ्ग बनाई दिने निवेदन पनि गरिन्। यस निरीक्षण भ्रमणबारेमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार जनताको लागि धेरै लाभान्वित रहेको गिध्द पहाड सुस्वास्थ केन्द्र जाने बाटोमा रेलिङ्ग नभएकोले जुन असुविधा छ। यसबारे निरीक्षण अनि निर्माण कार्यकाे लागि उक्त ग्राम पञ्चायतकाी प्रधान रिना छेत्री र उप प्रधान आशिष छेत्रीले जानकारी र निवेदन गरेका थिए र आज आएर निरीक्षण अनि खरसाङ ईन्जिनियरिङ विभागको ईन्जिनियरद्वारा नापजोख गराइएको पनि बताए। उनले यस विषयमा जीटीए प्रमुखलाई जानकारी गराउने अनि समाधान निकाल्ने जानकारी गराएका छन्। सभासद श्याम शेर्पाले जनतालाई सुस्वास्थ्य केन्द्रबाट सहयोग भईरहेको र यस केन्द्रको समस्या अवश्य नै समाधान गरिदिने आश्वासन दिएका छन्।









