एसआईआरको सुनवाईमा आवश्यक परेमा खरसाङ पञ्चायत समितिद्वारा सहयोग गर्ने

IMG-20260108-WA0034

खरसाङ: खरसाङ खण्ड विकास कार्यालयमा चलिरहेको मतदाता गहन पुनर्निरीक्षण एसआईआरको सुनवाईमा मानिसहरूलाई जे जति पनि कागज पत्रमा समस्यामा पञ्चायत समितिले सहयोग गर्ने भएको छ। जनसाधारणलाई कुनै पनि सहयोग चाहिएमा खरसाङ पञ्चायत समितिको तर्फबाट हेल्प डेक्सद्वारा सहयोग पुर्याउने अनि जनसाधारणलाई चिन्तित नभई दिने खरसाङ पञ्चायत समितिकी सभापति अनु प्रधानले जानकारी दिएकी छन्। उनले यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जति पनि कागज पत्रमा काम गर्नुपर्छ यसको निम्ति सिधैं समिति कार्यालयमा आएर सम्पर्क गर्न सकिने पनि बताएकी छन्। उनले एसआईआर विषयमा साथै यसको सुनवाईमा मानिसहरूलाई आतंकित नहुने साथै कुनै पनि प्रकारको सहयोग चाहिएमा खरसाङ पञ्चायत समितिको तर्फबाट सहयोग गरिने जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement