रंगबुल ग्राम पञ्चायतको आयोजनामा जिरो वेस्ट म्यानेजमेन्ट विषयमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20260108-WA0035

सोनादा: रंगबुल ग्राम पञ्चायतको आयोजनामा जिरो वेस्ट म्यानेजमेन्ट विषयमा प्रथमपल्ट आयोजना गरिएको छ। उक्त जीरो वेस्ट कार्यक्रम रंगबुल ग्राम पञ्चायतको ४६० पुलको अजम्बरी सार्वजनिक भवनमा सम्पन्न भएको छ।रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बाको अध्यक्षतामा अनि सचिव कमल लामाको सञ्चालनमा सम्पन्न भएको छ। रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर जीरो वेस्ट विषयमा सचेतना कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर २० वटा परिवारहरुलाई टीडीमा पञ्जीकरण गराएर जीरो वेस्टको आन्दोलनमा सहभागी गराइएको जानकारी प्राप्त भएको छ। यसको साथै टीडीसित मिलेर रंगबुल ग्राम पञ्चायतलाई जीरो वेस्ट ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य रहेको बताइएको छ‌। यस सचेतना कार्यक्रममा आमन्त्रित विशिष्ट अतिथिको रुपमा टिडीबाट आएका सुरज तामाङ लगायत अन्य अतिथिगणमध्ये कोठीडाँड़ा सेवा समिति, अजम्बरी संघ, अमरज्योति वेलफेयर सोसाइटी, सीधा लाइन परिवार समाज, दियालो संघ, तथागत् कल्याण समाज, सिंचेल थुम्की समाज, तितेपाती महिला बहुउद्धेशीय सहकारी समिति, भिबीडी दल, ग्राम पञ्चायत सदस्यगण अन्जली तामाङ, बुद्ध डुक्पा, एनोसहाङ्ग सुब्बा, पञ्चायत समिति सदस्यद्वय याङ्गलमू शेर्पा अनि कमला योल्मो लगायत ग्राम पञ्चायत कर्मचारीगण स्नेह चामलिङ, रबि थापा, पासङ्गकाजी शेर्पा, रिन्छेन तामाङ लगायत जिरो वेस्टमा नाम दर्ता गर्ने सदस्य सदस्याहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रंगबुल ग्राम पञ्चायतले सचिव कमल लामाले रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर विभिन्न विषयमा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेको र जिरो वेस्ट म्यानेजमेन्ट विषयमा पनि सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले रंगबुल ग्राम पञ्चायतलाई जीरो वेस्ट ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य रहेको पनि बताएका छन्। उनले यस विषयमा टीडी र रंगबुल ग्राम पञ्चायतले मात्र पहल गरेर हुँदैन तर जनसाधारण पनि सचेत हुनु पर्ने र विभिन्न संघ संस्थाहरुले यस विषयमा सचेत भएर कार्य गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement