सिलगढी नगरनिगम मेयर गौतम देवले पुजा कार्निभललाई लिएर प्रशासनिक अधिकारीहरुसित बैठक गरे

सिलगढी: यसपाली दुर्गा पूजाको छेकमा सिलगढीमा पनि कार्निभलको आयोजना गरिने भएको छ।आगामी ७ अक्टोबरमा कोलकातामा झैँ सिलगढीमा पनि दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। स कार्निभललाई सुन्दर तथा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्न सिलगढी नगरनिगम तत्पर रहेको छ। सिलगढी नगरनिगमको कन्फरेन्स हलमा आज दार्जिलिङ जिल्लाशासक, सिलगढी पुलिस कमिश्नर, डेपुटी मेयर तथा मेयर परिषद लगायत उच्च पदस्थ अधिकारीहरूसित कार्निभललाई लिएर मेयर गौतम देवले एउटा बैठक गरे । यस अवसरमा मेयरले भने, कार्निभल शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्ने उद्देश्य लिएर आज प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरिएको हो । ज्ञात रहोस सिलगढीको महात्मा गाँधी चौकमा यो कार्निभलको आयोजना गरिनेछ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement