एशेज सीरीज ४–१–ले जित्न सफल भयो अष्ट्रेलिया

IMG-20260108-WA0010

सिडनी: अष्ट्रेलियाले आशानुरुप पाँचौं तथा अन्तिम टेस्ट म्याचमा चीरप्रतिद्वन्द्वी ईंग्ल्याण्डलाई ५ विकेटले पराजित गरी ५ वटा टेस्ट म्याचको प्रतिष्ठित एशेज सीरीज ४–१–ले जित्यो। अष्ट्रेलियालाई म्याच जित्न केवल १६० रन बनाउने लक्ष्य हासिल भएको थियो। आयोजक टीमले पनि आफ्नो दोस्रो ईनिंग्समा ५ विकेटमा १६१ रन बनाएर जीत हासिल गऱ्यो। अष्ट्रेलियाले पहिलो ३ वटा टेस्ट जितेर सीरीजमा अगावै अजेय बढ़त हासिल गरेको थियो तर ईंग्ल्याण्डले मेलबर्न टेस्ट म्याच जितेर लय हासिल गरेको थियो। सिडनी क्रिकेट ग्राउण्डमा चाहिँ अष्ट्रेलियाले पुनरागमन गर्दै जीत हासिल गऱ्यो। अष्ट्रेलियाले यसअघि पर्थमा खेलिएको पहिलो टेस्टमा ८ विकेटले, ब्रिसबेनमा खेलिएको दोस्रो टेस्टमा पनि ८ विकेटले अनि एडिलेडमा खेलिएको तेस्रो टेस्टमा ८२ रनले जीत हासिल गरेको थियो। मेलबर्न टेस्टमा चाहिँ ईंग्ल्याण्ड ४ विकेटले विजयी भएको थियो।
सिडनी टेस्ट म्याचमा ईंग्ल्याण्डले जो रुट (१६०)-को शतकको सहायताले आफ्नो पहिलो ईनिंग्समा ३८४ रन बनाएको थियो। त्यसपछि अष्ट्रेलियाले ट्रेविस हेड (१६३) र कप्तान स्टीव स्मिथ (१३८)-को शतकको सहायताले ५६७ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १८३ रनको बढ़त हासिल गरेको थियो। ईंग्ल्याण्डले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा जेकब बेथेल (१५४)-को शतकको सहायताले ३४२ रन बनाउँदा अष्ट्रेलियालाई म्याच जित्न १६० रन बनाउने लक्ष्य हासिल भएको थियो। बिहीवार बिहान ईंग्ल्याण्डले चौथो दिनको स्कोर ८ विकेटमा ३०२ रनदेखि अघि खेल्दै ४० रन बनाएर रहल २ विकेट गुमायो। बेथेलले १५ वटा चौकाको साथ २६५ बल खेलेर १५४ रन बनाए। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा बेथेललाई छोड़ेर अन्य कसैले अर्द्धशतक पनि बनाएनन्। अष्ट्रेलियाई बलरहरूमा मिचेल स्टार्क र ब्यू वेबस्टरले ३–३ विकेट लिए। जीतको निम्ति १६० रनको लक्ष्यलाई अघि राखेर खेल्दै अष्ट्रेलियाले पनि लगातार अन्तरालमा विकेट गुमायो। ईंग्ल्याण्डका बलरहरूले लगातार विकेट हासिल गरे पनि लक्ष्य सानो भएको हुनाले अष्ट्रेलियालाई जीत हासिल गर्नु असुविधा भएन। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा मार्नस लाबुशेनले सर्वाधिक ३७ रन बनाए। यसबाहेक ज्याक वेदराल्डले ३४, ट्रेविस हेडले २९ र क्यामरन ग्रीनले अविजित २२ रन बनाए। आफ्नो अन्तिम टेस्ट ईनिंग्समा उस्मान ख्वाजा केवल ६ रन बनाएर आउट भए। कप्तान स्टीव स्मिथले १२ रन बनाए। ट्रेविस हेड र वेदराल्डको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरेपछि अष्ट्रेलियालाई म्याच जित्नु अधिक समय लागेन। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा जोश टंगले सर्वाधिक ३ विकेट लिए। मिचेल स्टार्कले प्लेयर अव् द म्याच र ट्रेविस हेडले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement