आईएसएलको निम्ति ओडिशा एफसीलाई छोड़ेर अन्य १३ वटा क्लबको भागीदारी पुष्टि

IMG-20260108-WA0008

नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई ओडिशा एफसी-ले १४ फरवरीदेखि शुरु हुने इण्डियन सुपर लीग (आईएसएल)-मा आफ्नो भागीदारी पुष्टि गर्ने आशा रहेको छ। खेल मन्त्री मनसुख माण्डवियाले मंगलवार वाणिज्यिक साझेदार प्राप्त नहुँदा स्थगित रहेको आईएसएल अब १४ फरवरीदेखि शुरु हुने अनि लीगमा जम्मै १४ वटा क्लबले हिस्सा लिने घोषणा गरेका थिए। यसबीच सूत्रबाट थाहालागे अनुसार, ओडिशा एफसी-ले चाहिँ लीगमा भागीदारी पुष्टिको निम्ति बिहीवारसम्मको समय मागेको छ। एआईएफएफ-का एकजना वरिष्ठ अधिकारीले भनेका छन्, अहिलेसम्म १३ वटा क्लबले आफ्नो भागीदारी पुष्टि गरिसकेको छ। ओडिशा एफसी-ले एक दिन अतिरिक्त समय मागेको छ अनि महासंघलाई क्लबले बिहीवारसम्म अन्तिम पुष्टि गर्ने आशा रहेको छ। उल्लेखनीय छ, ओडिशा एफसी-ले यसअघि डुरण्ड कप र सुपर कपमा पनि हिस्सा लिएको थिएन। यसबाहेक क्लबले गत वर्ष अगस्तमा आफ्ना खेलाड़ीहरू र सहयोगी स्टाफको अनुबन्ध पनि समाप्त गरेको थियो। आईएसएलमा प्रत्येक टीमले १३ वटा म्याच खेल्छ। यसरी ओडिशा एफसी-ले लीगमा हिस्सा नलिए प्रत्येक टीमले १२ वटा गरेर म्याच खेल्नेछ अनि जम्मा म्याचको संख्या घटेर ७८ पुग्नेछ। यति कम्ती समयमा ९१ या ७८ वटा म्याचको आयोजन गर्नु चुनौतीपूर्ण मानिएको छ। गत संस्करणमा आईएसएलको फाइनल १२ अप्रेलमा खेलिएको थियो। यसबाहेक २३-देखि ३१ मार्चसम्म फिफा अन्तर्राष्ट्रिय विण्डो छ। त्यस समय भारतीय टीमले २०२७ एशियन कप क्वालीफायर म्याच खेल्नेछ, जबकि टीम अगावै अघिल्लो राउण्डको रेसबाट बाहिर भइसकेको छ। अप्रेल महिनाको गर्मीले पनि लीगको आयोजनमा ठूलो चुनौती सृष्टि गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement