रोटरी क्लब अफ् दार्जिलिङले आवस्कीय छात्राहरूलाई दशैँको लागि नयाँ लुगा वितरण गरे

दार्जिलिङः सन् १९५७-मा स्थापना भएको रोटरी क्लब अफ् दार्जिलिङ जसको स्थापना १९५७ सालमा भएको थियो।सोही क्लबले दशैँको खुशीयाली कार्यक्रमअनुसार म्युनिसिपल गर्ल्स स्कुल प्राथमिक पाठशालाका ५० जना छात्राहरूलाई आज दसैंको नयाँ लुगा उपहार स्वरूप प्रदान गर्यो। दसैंमा खुशियाली बाँडौ भन्ने अभियान अन्तर्गत गिफ्ट भाउचर तिनीहरूको इच्छाअनुसार, लुगा किन्न, मध्यान्ह भोजन, आइसक्रीम ट्रीट अनि मिठाई प्रदान गरियो। यी छात्राहरूलाई रिलायन्स स्टोरबाट नयाँ लुगा किन्नको लागि स्कुलका शिक्षकहरूले सहयोग गरेका छन्। यस स्कुलमा रोटरी क्लब अफ् दार्जिलिङले अघिबाटै १४ वटा कम्प्युटर मरमति गर्न सहयोग प्रदान गरेको थियो भने स्कुललाई २ वटा व्याटमिन्टन कोर्ट बनाइदिने अनि शौचालयको पनि मरमति गरिदिने भएको छ। रोटरी क्लबले वर्ष २००३ देखि नै तत्कालीन क्लबका अध्यक्ष राजेश छेत्रीको सुझाउ अनुसार दसैँमा खुशियाली बाँड़ौं भन्ने योजना जारी राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement