सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा लिजेण्ड्स फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। सुकना हाई स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा लिजेण्ड्स फूटबल क्लबले जर्जियन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ७–६-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर १–१-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा लिजेण्ड्स फूटबल क्लबको तर्फबाट जोसेफले २७औं मिनट र जर्जियन फूटबल क्लबको तर्फबाट सावन राईले ६८औं मिनटमा गोल गरे। विजेता टीमका गोलकीपर सचिन झा लाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने म्याचमा डीएसएम र नर्थ बेंगल आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









