मिलनमोड़ गोल्ड कपः तरुञ्जाबारी फूटबल क्लब फाइनलमा पुग्न सफल

Screenshot_20260107_233431_FotoCollage Maker

सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा तरुञ्जाबारी फूटबल क्लबले फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा तरुञ्जाबारी एफसी-ले दार्जीलिङ पुलिसविरुद्ध २–०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिक्की साइबोले ३४औं मिनट र श्याम मुर्मुले ८१औं मिनटमा गोल गरे। विजेता टीमका श्याम मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचको दोस्रो हाफको छैटौं मिनटमा दार्जीलिङ पुलिसका धनराज तामाङ र तरुञ्जाबारी एफसी-का सौरव विश्वासलाई रेड कार्ड देखाइयो। टुर्नामेण्टको दोस्रो सेमिफाइनल बिहीवार दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र जलपाइगढ़ी पुलिसबीच खेलिनेछ। फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

Advertisement