केन्द्रीय मन्त्री किरेन रिजिजुसँग मुख्यमन्त्रीकाे भेट

FB_IMG_1767804125780

गन्ताेक: केन्द्रीय मन्त्री किरेन रिजिजुसित मुख्यमन्त्री प्रेम सिंह तामाङले भेट गर्ने अवसर पाउनु उनको लागि ठूलो सम्मान र सौभाग्य रह्यो भनि मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत जनाए। उनले रिजिजुलाई नयाँ वर्षको हार्दिक शुभकामना दिँदै आगामी वर्षभरि उत्तम स्वास्थ्य, खुशी र निरन्तर सफलताका लागि शुभेच्छा प्रकट गरे।
मुख्यमन्त्री र रिजिजुबिच आपसी चासोका विषयमा आत्मीय र अर्थपूर्ण छलफल भयो जसमा चलिरहेका विकास परियोजनाहरू तथा उत्तर–पूर्वी क्षेत्रको समग्र प्रगतिसम्बन्धी मुद्दाहरूको विस्तृत चर्चा गरियो भनि मुख्यमन्त्रीले संजालमा जनाए।


सिक्किमको विकासप्रति केन्द्रीय मन्त्री रिजिजुको निरन्तर सहयोग र सकारात्मक दृष्टिकोणका लागि मुख्यमन्त्रीले हार्दिक कृतज्ञता व्यक्त गरे र राज्यको समग्र विकास तथा जनकल्याणका एजेन्डालाई अघि बढाउन भविष्यमा पनि त्यही सहयोग रहने अपेक्षा व्यक्त गरे।

About Author

Advertisement