सिलगढी::ओमप्रकाश मिश्रले उत्तर बंगाल विश्वविद्यालयमा उपकुलपतिको रुपमा आफ्नो पदभार सम्हाले ।आज कोलकाताबाट सिलगढी आइपुगेपछि तिनले उत्तरबंग विश्वविद्यालयको उप-कुलपतिको पदभार ग्रहण गरे। उत्तरबंग विश्वविद्यालयका अधिकारी तथा विभागका सदस्यहरूले नयाँ उप-कुलपतिलाई संवर्द्धना जनाए। उप-कुलपतिको पदभार सम्हालेपछि तिनले भने, मैले आजदेखि राजनीतिक पदबाट राजीनामा दिएको छु, विश्वविद्यालयको धेरैवटा कार्यहरू थाँतीमा रहेकोले यसलाई पुरा गर्नको लागि आफू विश्वविद्यालयमा आएको हुँ। शिक्षा विभागद्वारा आफूलाई उप-कुलपतिको पदको लागि अनुमोदित गरेको हो।









