मिरमिरे’को ट्रेलरमा बाबुछोरीको सम्बन्धको मार्मिक कथा

IMG-20260107-WA0002

भद्रपुर: १५ जनबरीदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको ट्रेलरमा बुबा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको छ।
त्रिकोणात्मक प्रेम कथामा आधारित ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुबाको संघर्ष र उनीहरूबीचको गहिरो भावनात्मक कथा प्रस्तुत गरिएको छ। आमाले छोरीलाई छोडेर गएपछि छोरीले भोग्नुपरेको मातृत्व अभाव र त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक प्रभाव ट्रेलरको केन्द्रमा देखिन्छ। ट्रेलरमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत मुख्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।
यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगातका कलाकारको अभिनय छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सहनिर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर हुनुहुन्छ। चलचित्रका कार्यकारी निर्माता वितरक रोहित कट्टेल रहनुभएको छ।

About Author

Advertisement