पाँचौं टेस्ट म्याचमा अष्ट्रेलियासँग १३४ रनको बढ़त

IMG-20260107-WA0002

सिडनी: ईंग्ल्याण्डविरुद्ध सिडनी क्रिकेट ग्राउण्ड (एससीजी)-मा जारी पाँचौं तथा अन्तिम एशेज टेस्ट म्याचमा अष्ट्रेलियाको पल्ला भारी रहेको छ। ईंग्ल्याण्डले बनाएको ३८४ रनको जवाफमा अष्ट्रेलियाले मंगलवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेट गुमाएर ५१८ रन बनायो। यसरी अष्ट्रेलियासँग अहिले १३४ रनको बढ़त रहेको छ। दिनको खेल समाप्त हुँदा स्मिथ १२९ र ब्यू वेबस्टर ४२ रनमा अविजित थिए। स्मिथले २०५ बल खेलेर १५ वटा चौका र एउटा छक्का लगाइसकेका छन्। यसरी ओपनर हेडले २४ वटा चौका र एउटा छक्काको साथ १६६ बलमा १६३ रन बनाए। स्मिथले वेबस्टरसँग आठौं विकेटको निम्ति ८१ रनको अटूट पार्टनरशीप गरिसकेका छन्। ईंग्ल्याण्डका बलरहरूमा ब्रायडन कार्सले सर्वाधिक ३ विकेट हासिल गरे। दोस्रो दिनको स्कोर २ विकेटमा १६६ रनदेखि अघि खेल्दै अष्ट्रेलियालाई आज ट्रेविस हेडले असल शुरुवात दिलाए। उनले नाइट वचम्यान माइकल नेसरसँग मिलेर तेस्रो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। नेसरले २४ रन बनाए। नेसर आउट भएपछि हेडले स्मिथसँग मिलेर स्कोर २८८ रनसम्म पुऱ्याए। हेड आउट भएपछि पनि अष्ट्रेलियालाई कुनै समस्या भएन। अनुभवी उस्मान ख्वाजा (१७) को साथमा एलेक्स केरी (१६ रन) चाँड़ै आउट भए पनि स्मिथले कुनै असुविधा बिना रन बनाए। स्मिथले तल्लो क्रममा क्यामरन ग्रीन र वेबस्टरसँग असल पार्टनरशीप गरेर टीमलाई विशाल स्कोर तर्फ अग्रसर गराए। उनले ग्रीनसँग मिलेर पहिला सातौं विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरी स्कोर ४३७ रनसम्म पुऱ्याए। ग्रीनले ३ वटा चौका र एउटा छक्काको साथ ३७ रन बनाए। कार्सले अन्तिम सत्रको खेलमा ग्रीनको विकेट हासिल गरेपछि स्मिथले वेबस्टरसँग मिलेर दिनको खेल समाप्त हुँदासम्म अष्ट्रेलियालाई सुरक्षित राखे। वेबस्टरले ४ वटा चौकाको साथ ५८ बल खेलेर अविजित ४२ रन बनाइसकेका छन्।

About Author

Advertisement