सुकना गोल्ड कप को १९औं संस्करण शुरुः बिन्नागुड़ी एफए-को जीत

Screenshot_20260106_122949_FotoCollage Maker

सुकना: कना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करण सोमवारदेखि शुरु भयो। सुकना हाई स्कूल खेल मैदानमा आज भएको उद्घाटन म्याचमा बिन्नागुड़ी फूटबल एकाडमीले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध पेनल्टी शूटआउटमा ३-१-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा बिन्नागुड़ी एफए-को तर्फबाट सुरज केरकेट्टाले २५औंं मिनट र युनाइटेड दार्जीलिङको तर्फबाट रोशनराई ले ४७औं मिनटमा गोल गरे। विजेता टीमका गोकीपर निखिल ठकुरीलाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने म्याचमा २/११ जीआर र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यसमा उत्तर बंगालको सर्वश्रेष्ठ टीमहरूको साथमा सिक्किम, नेपाल, भूटान र कलकत्ताका अग्रणी टीमहरू सामेल छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement