केपटाउन: दक्षिण अफ्रिकाले आईसीसी टी२० वर्ल्ड कप २०२६-को निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो, जसको कप्तानी एडन मार्करमले गर्नेछन्। टीममा विकेटकीपर ब्याटर क्विण्टन डी कक र पेस बलर एनरिक नोर्खियालाई पनि सामेल गरिएको छ। डी कक सन्न्यासको फसेला फिर्ता लिएर हालै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन् जबकि नोर्खिया चोटसँग जुझिरहेका थिए। दक्षिण अफ्रिकाले युवा पेस बलर क्वेना मफाका र शीर्ष क्रमका ब्याटर जेसन स्मिथलाई पनि मौका दिएको छ जबकि रेयान रिकेल्टन र ट्रिस्टन स्टब्सलाई पनि टीममा स्थान प्राप्त भएको छ। भारत र श्रीलंकामा हुने टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिका ग्रुप डी-मा अफगानिस्तान, न्यूजील्याण्ड, क्यानाडा र यूएई-सँग रहेको छ। टुर्नामेण्टको गत संस्करणको फाइनलमा दक्षिण अफ्रिका उपविजेता रहेको थियो।
टी२० वर्ल्ड कपको निम्ति दक्षिण अफ्रिकी टीम यसप्रकार रहेको छः
एडन मार्करम (कप्तान), क्विण्टन डी कक, टोनी डी जोर्जी, डेवाल्ड ब्रेविस, डेविड मिलर, डोनोवर फरेरा, मार्को यानसन, केशव महाराज, कगिसो रबाडा, क्वेना मफाका, लुंकी एनगिडी, जेसन स्मिथ, जर्ज लिण्डे, कोर्बिन बश, एनरिक नोर्खिया।









