मुख्यमन्त्रीले राज्यपाललाई जन्मदिनको शुभकामना व्यक्त गरे

FB_IMG_1767341378357

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका जनताको तर्फबाट सिक्किमका माननीय राज्यपाल श्री ओमप्रकाश माथुरलाई हार्दिक तथा आत्मीय जन्मदिनको शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले उल्लेख गरे कि राज्यपालको अटुट समर्पण, बुद्धिमत्ता र अनुकरणीय नेतृत्व हामी सबैका लागि निरन्तर प्रेरणाको स्रोत बनेको छ। डिस्टिनगाइज्ड सेवाको अर्को वर्ष प्रारम्भ गर्दै, राज्यपाललाई उत्तम स्वास्थ्य र शक्ति प्राप्त होस् ताकि उनले यसैगरी गरिमा, करुणा र प्रतिबद्धताका साथ सिक्किम सरकारलाई मार्गदर्शन गर्दै जान राज्यपाल समक्ष अपिल गरे।
अन्तमा मुख्यमन्त्रीले राज्यपाललाई उनको सुखद जन्मदिन तथा खुशी, उत्तम स्वास्थ्य, सफलता र समृद्धिले भरिएको आगामी वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।

About Author

Advertisement