खरसाङ: बिहीबार एक जनवरीदेखि रोहिणी रोड खोलिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापालाई विशेष धन्यवाद दिएका छन्। पैह्रोले वाधित रोहिणी रोड लगभग तीन महिनापछि खोलिएपछि आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा र सचिव बीरबल पाख्रिनले रोहिणी रोडको निरीक्षण गरेका थिए। उक्त निरीक्षणको समयमा रोहिणी रोड खोलिएकोमा यसको सम्पूर्ण श्रेय पार्टी अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापालाई दिएका छन्। दुवैले सम्पूर्ण जनसाधारणको लागि साथै चालकहरुको सुविधाको लागि रोहिणी रोड खोलिदिएकोमा सम्पूर्ण जनसाधारण र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।दुवैले अनित थापाले आफ्नो वचन पूरा गर्ने र पूर्व घोषित समय अनुसार नै रोहिणी रोड खोलिएको दावी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा र सचिव बीरबल पाख्रिनले पैह्रो क्षेत्रमा नै भिडियो जारी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाले जे बोल्छ त्यही पूरा गर्ने गरेको बताउँदै जनताको सुविधाको लागि उनले पहिलेबाट नै तोकेको समयमा रोहिणी रोड खोलि दिलको भन्दै सम्पूर्ण जनसाधारण र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।










