तीनधारेको दुई नम्बरमा रहेको पर्यटकीय स्थल हनबील पार्कमा नयाँ वर्ष मनाउनेहरुको भीड

IMG-20260101-WA0141

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत दुई नम्बरको फूलबारी क्षेत्रमा रहेको हनबील पार्कमा बिहीबार नयाँ वर्ष मनाउन आउनेहरुको भीड देखिएको छ‌‌। यो हनबील पार्क र स्काई वर्कमा बिहीबार नयाँ वर्षको अवसरमा धेरै भीड देखिएको छ। पहाड र समतल क्षेत्रबाट मानिसहरु यहाँ नयाँ वर्ष मनाउन अत्याधिक रुपमा भीडको साथमा आएका थिए।‌ हनबील पार्क र स्काई वर्क साथै सडकतिर पनि मानिसहरु नाचिरहेको र रमाइलो गरिरहेको देखिएको छ‌। विशेष गरी नानीहरु यस हनबील पार्कमा रमाईरहेको देखिएको छ। उक्त हनबील पार्क र स्काई वर्क खरसाङ पञ्चायत समितिको तर्फबाट निर्माण गरिएको थियो भने यसलाई गत वर्ष २८ अप्रेल २०२५ मा जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उदघाटन गरिएको थियो।‌ उक्त हनबील पार्क र स्काई वर्कको कार्य खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष एंव घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जीको कार्यकालमा उनकै क्षेत्रमा निर्माण गरिएको हो।‌ यो हनबील पार्क र स्काई वर्क वर्तमानमा एउटा मुख्य पर्यटकीय स्थल बनेको छ।

आज नयाँ वर्षको अवसरमा पनि टाडा नजिकका पर्यटकहरु साथै नयाँ वर्ष मनाउन आउनेहरुको भीड देखेर कर्माध्यक्ष एंव पञ्चायत समिति सदस्य साजन दर्जीले खुशी व्यक्त गर्दै यो हनबील पार्क र स्काई वर्क पहाडको लागि सम्पत्ति रहेको र यसको जुन परिकल्पना गरेर निर्माण गरिएको थियो त्यो पूरा हुँदै गएको बताए। उनले यस हनबील पार्क र स्काई वर्कलाई अझ आकर्षकीय बनाएर लाने पनि बताएका छन्‌।

About Author

Advertisement