गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले नयाँ वर्ष नयाँ सुरुआत, पुनः जाग्रत आशा, र स्पष्टता, आत्मविश्वास र उद्देश्यका साथ अगाडि बढ्ने सामूहिक संकल्पको वाचा लिएर आएको बताएका छन्।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले भने- “सिक्किम सरकारको आगामी यात्रालाई सरकारले बाँडेकाे एकताले र एउटै जनता भएर जोड्ने सहकार्यको भावनाले मार्गदर्शन गरेको छ। यही सामूहिक शक्ति नै विगत केही वर्ष यता हासिल भएका स्थिर प्रगतिकाे आधारशिला रहँदै आएको छ।यो प्रगति हाम्रा नागरिकहरूको समर्पण, धैर्य, र सक्रिय सहभागिताले आकार लिएको हो, जो हरेक उपलब्धिकाे वास्तविक प्रेरक शक्ति हुन्।”
सिक्किम सरकारको साझेे दृष्टिप्रति तपाईंहरूले देखाउनु भएको भरोसा, समर्थन र अटल विश्वासका लागि उनले प्रत्येकप्रति हृदयदेखि आभार व्यक्त गरे साथै भने-“तपाईंहरूको विश्वासले नै हाम्रो मार्गदर्शन दियो र महान प्रेरणाको स्रोत बनेको छ।
मुख्यमन्त्रीले सबै समक्ष सन् २०२६ ले पुनः विकास, अझ गहिरो एकता, र दिर्घकालीन संतुष्टिकाे आशा बोकेको छ भनि आफ्नो सारगर्भित मन्तव्य राखे साथै सिक्किम सरकारको आकांक्षाले दिशा पाओस्, सिक्किम सरकारको प्रयासहरूले अर्थपूर्ण परिणाम दिन सकून्, र हाम्रो सामूहिक संकल्पले भावी पुस्ताका लागि सकारात्मक र दीर्घकालीन प्रभाव पारोस् भनि आशान्वित बने। अन्तमा मुख्यमन्त्रीले आत्मविश्वास, करुणा, र एकताका साथ यो यात्रालाई निरन्तर अघि बढाउन सबैलाई अपिल गर्दै खुशीपूर्ण, स्वस्थ, र समृद्ध नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना टक्राए।









