लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले जीतको क्रम जारी राख्यो भने म्यानचेष्टर युनाइटेड र चेल्सीले चाहिँ ड्र-मै चित्त बुझाउनु पऱ्यो। बुधवार राति खेलिएको म्याचमा आर्सनलले एस्टन भिल्लालाई ४–१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्दै आर्सनलले दोस्रो हाफमा गोलको वर्षा गऱ्यो। म्याचको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। आर्सनलको निम्ति गेब्रिएल मागलहेसले ४८औं, मार्टिन जुबीमेण्डीले ५२औं, लिएण्ड्रो ट्रोसार्डले ६९औं र गेब्रिएल जीससले ७८औं मिनटमा गोल गगरे। एस्टन भिल्लाको निम्ति ओली वाट्किन्सले इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरे। यस जीतको साथ आर्सनल १९ वटा म्याचमा ४५ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी तेस्रो स्थानमा रहने एस्टन भिल्लासँग ३९ पोइण्ट्स रहेको छ। यसबीच म्यानचेष्टर युनाइटेड र वूल्भ्सबीच खेलिएको म्याच चाहिँ १–१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५६ प्रतिशत खेल्दै म्यानचेष्ट युनाइटेडले २७औं मिनटमै बढ़त हासिल गऱ्यो। जोशुआ जिर्कजीले दिलाएको त्यो बढ़त मध्यान्तरसम्म पनि कायम रहेन। लादिस्लाव क्रेज्सीले ४५औं मिनटमा गोल गरी वूल्भ्सलाई १–१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि म्यानचेष्टर युनाइटेड ३० पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो। यसरी वूल्भ्स केवल ३ पोइण्ट्सको साथ २०औं स्थानमा रहेको छ।
चेल्सी र बोर्नमाउथबीच खेलिएको म्याच पनि २–२-ले ड्र रह्यो। यस म्याचको चारैवटा गोल पहिलो हाफको खेलमा भयो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीको निम्ति कोल पाल्मरले १५औं र एञ्जो फर्नाण्डेजले २३औं मिनटमा गोल गरे। यसरी बोर्नमाउथको निम्ति डेविस ब्रूक्सले छैटौं र जस्टिन क्लुइभर्टले २७औं मिनटमा गोल गरे। आफ्नो होम ग्राउण्डमा निराशाजनक प्रदर्शनको साथ चेल्सी ३० पोइण्ट्स लिएर पाँचौं स्थानमा रहन पुग्यो। यसरी बोर्नमाउथ २३ पोइण्ट्सको साथ १५औं स्थानमा रहेको छ। एभर्टनले नटिंघम फरेष्टविरुद्ध २–०-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति जेम्स गार्नरले १९औं र थिएर्नो बारीले ७९औं मिनटमा गोल गरे। यस जीतपछि एभर्टन २८ पोइण्ट्सको साथ आठौं स्थानमा पुग्यो। अन्य म्याचहरूमा न्यूक्यासलले बर्नलीलाई ३–१-ले पराजित गऱ्यो जबकि वेष्ट ह्याम र ब्राइटनबीचको म्याच २–२-ले ड्र रह्यो।









