नयाँ दिल्ली: भारतीय क्रिकेट टीमलाई न्यूजील्याण्डविरुद्ध घरेलु वनडे सीरीज अघि गतिलो झट्का लागेको छ। उपकप्तान श्रेयस अय्यरलाई बीसीसीआई-को सेण्टर अव् एक्सीलेन्सबाट अहिलेसम्म रिटर्न टू प्ले (खेलमा फर्किने अनुमति) हासिल भएको छैन। यस फसेलाले गर्दा उनी अझ केही समयको निम्ति इण्टरनेशनल क्रिकेटबाट बाहिर रहनु पर्नेछ। यसरी उनको निम्ति न्यूजील्याण्डविरुद्ध सीरीजमा खेल्नु लगभग असम्भव भएको छ। रिपोर्ट्स अनुसार, श्रेयस अय्यरले ३० दिसम्बरमा सेण्टर अव् एक्सीलेन्सबाट छुट्टी पाउनु पर्ने थियो तर मेडिकल टीमले उनलाई अझ एक हप्ता पुनर्वासमा राख्ने फसेला गरेको छ। श्रेयस अहिले कुनै असुविधा बिना ब्याटिंग गरिरहेका छन् तर फिजिकल फिटनेसको जरूरी मानक अहिले पूरा भएको छैन। मेडिकल टीमको सबैभन्दा ठूलो चिन्ता अय्यरको मांसपेशी र ओजनमा आएको ह्रासलाई लिएर रहेको छ। पेटको चोटले गर्दा उनको ओजन लगभग ६ किग्रा कम्ती भएको थियो। उनले केही ओजन बढ़ाएका छन् तर अहिले पनि उनको ताकत, फुर्ति र सहनशक्ति अन्तर्राष्ट्रिय क्रिकेटको स्तरभन्दा कम्ती मानिएको छ। बीसीसीआईका एकजना वरिष्ठ अधिकारीले बताएअनुसार, श्रेयसको ब्याटिंग क्षमतामाथि कुनै शंका छैन। असली फोकस उनलाई सम्पूर्ण रूपले फिट बनाउनुमा रहेको छ। सेतो बलको प्रारूपमा व्यस्त क्यालेण्डरलाई ध्यानमा राखेर बोर्ड कुनै प्रकारको हतार गर्न चाहँदैन। जबरजस्ती खेल्दा चोट बल्झिने खतरा हुन्छ। भारत र न्यूजील्याण्डबीच ३ वटा म्याचको वनडे सीरीज ११ जनवरीदेखि शुरु हुनेछ।








