खरसाङ नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरुलाई लिएर सभा सम्पन्न

IMG-20251230-WA0106

खरसाङ: खरसाङ नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरुलाई लिएर खरसाङ नगरपालिकामा सभा सम्पन्न भएको छ। उक्त सभा विशेष गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको खरसाङ महकुमा समिति र टाउन कमिटीको समन्वयमा सम्पन्न भएको छ। विशेष खरसाङ नगरपालिकामा कार्यरत् स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरु बुझ्नलाई जीटीए प्रमुख अनित थापाले नारी शक्तिका पदाधिकारीहरुलाई जिम्मेवारी दिएपछि उक्त सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, क्षेत्रीय सभासद श्याम शेर्पा, नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सविता कार्की, खरसाङ टाउन कमिटीको सभापति देवकी प्रधान सुब्बा, २८ नम्बर समष्टिको सभापति सुष्मा मुखिया लगायत अन्यहरु र नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरु उपस्थित रहेका थिए। सभामा नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरुलाई लिएर चर्चा परिचर्चा गरिएको छ।‌ सभामा चर्चा गरिएको समस्याहरु विषयमा नारी शक्तिका पदाधिकारीहरुले चाढै जीटीए‌ प्रमुख अनित थापालाई भेटेर बताउने भएको जानकारी प्राप्त भएको छ। सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरुलाई लिएर खरसाङ नगरपालिकाको तर्फबाट कुरा कोलकोता पुराई सकेको र अब ती समस्याहरु सरकारले समाधान गर्नु पर्ने बताए। उनले नगरपालिकाको स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको पुरानो समस्याहरु लिएर सभा सम्पन्न भएको र नगरपालिकाको सम्पूर्ण स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरु सबै एक भएर अनित थापाको नेतृत्वमा कार्य गरिरहेको र उनकोबाट नै समस्या समाधान हुने कुरामा आशावादी रहेको पनि बताएका छन्‌। सभामा नारी शक्तिका पदाधिकारीहरुले स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरुलाई सुनेको र सम्पूर्ण समस्याहरु बुझेर जीटीए प्रमुख अनित थापा समक्ष राख्ने भएको जानकारी प्राप्त भएको छ।


यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्कीले भनिन् -‘जीटीए प्रमुख अनित थापाले खरसाङ नगरपालिकाको सम्पूर्ण स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरुको विभिन्न समस्याहरु के कस्तो बुझ्ने निर्देशन दिएको कारणले समस्याहरु बुझ्न सभा आयोजना गरिएको हो।‌ सबै समस्याहरु सुनेर अब ती सम्पूर्ण समस्याहरु जीटीए‌ प्रमुख अनित थापा समक्ष राखिदिने र समस्या समाधान हुने कुरामा हामी साथै स्वास्थ्य कर्मीहरु र निर्मल साथीहरु आशावादी रहेका छौँ।

About Author

Advertisement