निरन्तर फ्लप प्रदर्शनपछि पनि गम्भीरलाई टेस्ट प्रशिक्षक पदबाट नहटाइने

IMG-20251230-WA0005

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का उपाध्यक्ष राजीव शुक्लाले टेस्ट प्रारूपमा मुख्य प्रशिक्षक गौतम गम्भीरलाई पदबाट हटाइने खबरहरूलाई खण्डन गरेका छन्। दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट सीरीजमा निराशाजनक हारपछि बोर्डका एकजना वरिष्ठ अधिकारीले पूर्व भारतीय क्रिकेटर भीभीएस लक्ष्मणलाई टेस्ट टोलीको प्रशिक्षक बनाउने कुरा गरेको खबर प्रकाशमा आएको थियो। बीसीसीआई सचिव देवजीत सैकियाले यी खबरहरूलाई आधारहीन बताएका थिए अनि यसपाली राजीव शुक्लाले पनि बोर्डले यस्तो कुनै फसेला नगरेको स्पष्ट गरेका छन्। सीमित ओभरहरूका प्रारूपमा रेकर्ड असल रहे पनि गौतम गम्भीरको टेस्ट प्रारूपमा चाहिँ रेकर्ड भयावह रहेको छ। विशेषगरी सेना (दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, न्यूजील्याण्ड र अष्ट्रेलिया) देशहरूविरुद्ध १० वटा टेस्ट म्याच गुमाएपछि प्रशिक्षक गम्भीरको आलोचना शुरु भएको छ। शुक्लाले गम्भीरलाई भारतीय टेस्ट टोलीको प्रशिक्षक पदबाट नहटाइने स्पष्ट गरेका छन्। शुक्लाले भने, मुख्य प्रशिक्षक गौतम गम्भीरलाई लिएर मीडियामा जारी अड़कलबाजीहरूमाथि म आफ्नो स्पष्ट विचार राख्न चाहन्छु। गम्भीर पदमा कायम रहनेछन्। बीसीसीआई सचिव सैकियाले पनि गम्भीरलाई प्रशिक्षक पदबाट हटाउने या नयाँ प्रशिक्षक नियुक्त गर्ने कुनै योजना नरहेको दावी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement