देउराली संघ नक्आउट फूटबलः बेलगाछी स्पोर्टिंग क्लब फाइनलमा

IMG_20220928_222554.jpg

२८ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बेलगाछी स्पोर्टिंग क्लबले फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा बुधवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा बेलगाछी स्पोर्टिंग क्लबले सिमलबारी टी.ई.-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा बेलगाछी स्पोर्टिंग क्लबबाट अल्केश तामाङले गोल गरे। यसरी नै सिमलबारी टी.ई.-बाट कुशालले गोल गरे। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा बाहुनडांगी युवा क्लब (झापा, नेपाल) र बी७ गोईठा बजारबीच भिड़न्त हुनेछ। फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *