जोरथाङ: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज आगामी माघे संक्रान्ति मेला २०२६ को अन्तिम समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा प्रमुख संरक्षक मदन सिन्चुरी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, एनजेएनपीका अध्यक्ष पवित्र मानव र विभिन्न विभागका प्रतिनिधिहरू उपस्थित थिए।
मुख्यमन्त्री तामाङले माघे संक्रान्ति मेलालाई राज्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सिक्किमको प्रमुख महोत्सवका रूपमा प्रचार गर्नुपर्नेमा जोड दिए। उनले महोत्सव सफल बनाउन सबै विभाग र सरोकारवालाबीच नजिक समन्वय आवश्यक रहेको बताए र स्थानीय व्यापारी तथा उद्यमीलाई अवसरको अधिकतम उपयोग गर्न प्रोत्साहित गरे।
मेला १४–२२ जनवरी २०२५ सम्म जोरथाङ र नयाँ बजारमा आयोजना हुनेछ। नौ दिनसम्म सन्ध्या आरती, सांगीतिक कार्यक्रम, गोल्डन फीट, गोल्डन बिट, गोल्डन भोइस अफ् सिक्किम लगायत सांस्कृतिक एवं खेलकुद गतिविधि हुनेछ। यस अवसरमा मिडिया वेबसाइट, लोगो, ब्रोसर, टेबल टेन्ट तथा अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल फिक्स्चर लोकार्पण गरिएको थियो।
बैठकमा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, जिल्ला अधिकारी र वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए।








