खरसाङमा‌ मास्टर मित्रसेन थापाको १३०औं जन्म जयन्ती समारोह सम्पन्न

IMG-20251229-WA0103

खरसाङ: मंगर संघ भारत, खरसाङ शहर समितिको तत्वावधानमा आज खरसाङमा १३०औँ मास्टर मित्रसेन थापा जन्म जयन्ती समारोह सम्पन्न गरिएको छ।
उक्त कार्यक्रमलाई खरसाङ शहर समितिको पूर्व सभापति राजेन थापाको अध्यक्षतामा र मंगर संघ भारतका भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पदमसिंह थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए‌। कार्यक्रममा मंगर संस्कारविद् तथा प्रधान पुजारी बीबी थापाको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरुका‌ बाहुलीबाट मास्टर मित्रसेन थापाको तस्वीरमा धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा मंगर समाजका अगुवा, बुद्धिजीवी, युवा तथा संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले मास्टर मित्रसेन थापाले मंगर समाजको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक उत्थानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको विचार र शिक्षालाई भावी पुस्तासम्म पुर्‍याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गरेका छन्। मास्टर मित्रसेन थापा गोर्खाहरु र मगर जातिको लागि गौरव पुरुष र धरोहर रहेको पनि बताएका छन्। कार्यक्रममा मास्टर मित्रसेन थापाको जीवनी र योगदान विषयमा प्रमुख अतिथिको रुपमा उपस्थित पदमसिंह थापाले विस्तृत चर्चा गरेका थिए।‌ कार्यक्रममा खरसाङको पूर्व सचिव सीबी आलेले मास्टर मित्रसेन थापाको कविताहरु पठन गरेका थिए।‌ मास्टर मित्रसेन थापाको जन्म २९ दिसम्बर १८९५ सालमा भएको थियो भने उनको मृत्यु ९ अप्रेल १९४६ सालमा भएको थियो।
यस कार्यक्रमको आयोजना तथा उद्देश्यबारे मंगर संघ भारत खरसाङ शहर समितिका सचिव हेमन्त कुमार थापाले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement