खरसाङको वार्ड नम्बर ५ हाम्रो गाउँ हाम्रो समाधान र अमृत जल परियोजना विषयमा भागोप्रमोको‌ सभा सम्पन्न

IMG-20251229-WA0100

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ५ मा टाउन कमिटी कार्यकारिणी सदस्य साथै वार्ड सभापति लक्ष्मण गुरूङको पहल अनि भिम छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयो। सभाको विषय हाम्रो गाउँ, हाम्रो समाधानको काम अनि अमृत २.० को पानी निरीक्षण समिति गठन गर्नु थियो। सभालाई सम्बोधन गर्दै टाउन कमिटी मूल सचिव बिरबल पाखरीनले भने, वर्तमान समयमा विपक्षी पार्टीका नेतृत्वहरूले अनित थापाले गरेको जस्तो असल कार्य गर्नु नसकेर मानिसहरूको मनमा उनीप्रति घृणा उत्पन्न गर्ने प्रयत्न गरिरहेको छ। सत्यमेव जयते भने झैं अनित थापा महोदयको कर्म असल भ‌एको कारण विपक्षीहरूको दोषारोपण गर्नुबाहेक अरू केही उपलब्धि नरहेको ठोकुवा गरे। सभालाई महकुमा नारी शक्ति सभापति साथै खरसाङ नगरपालिका क्षेत्र आगामी २०२६ को विधानसभाको चुनाव प्रभारी सबिता कार्कीले शिक्षित जमात र नारीहरू अब गाउँ समाजको निम्ति राजनीतिमा अघि आउने आह्वान गरिन्। टाउन कमिटीको सभापति राजु शर्माले एसआईआरको गहन महत्व अनि विषयमा गहन विश्लेषण गरेका थिए। उनले उपस्थित सम्पूर्ण सदस्यगणलाई आ-आफ्नो कागज पत्र ठीक राख्ने सुझाव दिए। अमृत २.० पानी निरीक्षण समिति गठन भ‌ए पश्चात वार्डको प्रत्येक घरले पानी पायो या पाएन हेर्ने समितिलाई सुझाव दिए। हाम्रो गाउँ, हाम्रो समाधान विषयमा बिक्रम सुनारले पारदर्शी रूपमा उपस्थित सबैलाई जानकारी गराएका छन्। लक्ष्मण गुरूङ अनुसार गाउँ पस्ने बाटोको अवस्था ठीक नभ‌एको कारण सम्बन्धित विभागद्वारा चाडोभन्दा चाडो मरम्मति गरिदिने आग्रह यसै सभाद्वारा गरे। सभामा टाउन कमिटीको सह सचिव रमोद गुरूङ, सांगठनिक सचिव महेत्र सेन शर्मा, बीएलए भास्कर थापा, प्रारेन्टस बडी, नारी शक्ति अनि युवा शक्तिको सभापति सचिव एवं सदस्यगणहरू उपस्थित दिए।

About Author

Advertisement