सिलगढ़ीमा ९८औँ अगमसिंह गिरी जयन्ती भव्य रूपमा सम्पन्न

FB_IMG_1767009478889

सिलगढ़ी: सिलगढ़ी देवकोटा संघद्वारा महाकवि अगमसिंह गिरीको ९८औँ जयन्ती शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। २७ डिसेम्बर २०२५ मा संघको पेक्षा गृहमा आयोजित कार्यक्रममा अध्यक्षता संघका अध्यक्ष मिलन रुचालले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डा. गोविन्दराज भट्टराई रहनुभयो भने मुख्य अतिथिद्वय संघका संरक्षक प्रो. मोहनपी दाहाल र डा. रिन्जी वाङदी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ साहित्यकार, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात देवकोटा र गौतम बुद्धका मूर्तिमा माल्यार्पण तथा दीप प्रज्वलनबाट गरिएको थियो। स्वागत नृत्य, साहित्यिक वार्ता, कविता वाचन, लोकनृत्य र सङ्गीत प्रस्तुति कार्यक्रमका आकर्षण बने।
जयन्तीका अवसरमा संघको मुखपत्र ‘बाडुली’ को वार्षिक अंक २०२५ र मुक्ति प्रसाद उपाध्यायको कृति ‘जातीय कवि अगमसिंह गिरी’ को लोकार्पण गरियो।
यस वर्षको देवकोटा साहित्य सेवा पुरस्कार साहित्यकार मनप्रसाद सुब्बा र गिरी साहित्य सेवा पुरस्कार साहित्यकार मुक्ति प्रसाद उपाध्यायलाई प्रदान गरियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रुचालले संघको गतिविधिले नेपाली साहित्य र सांस्कृतिक चेतनामा योगदान पुर्‍याइरहेको बताउनुभयो।

About Author

Advertisement