मुख्यमन्त्रीद्वारा २५ सय युवाहरुलाई नियुक्ति पत्र हस्तान्तरण

IMG-20220928-WA0228.jpg

गान्तोक: आज सिक्किमका २५ सय भन्दा अधिक युवाहरूले आफ्नो भविष्य निर्धारित गर्दै बेकारी समस्याबाटमुक्त पाएका छन्। आज राजधानीस्थित मनन केन्द्रम आयोजित एक कार्यक्रमबीच राज्यका २५ सय भन्दा अधिक युवाहरूलाई विभिन्न पदमा अस्थायी नियुक्ति पत्र हस्तान्तरण गरियो। आजको यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने उनकी धर्मपत्नी कृष्ण राई, मन्त्री सञ्जीत खरेल, विधायक आदित्य गोले लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रमुख तीनवटा घोषणा गरे, जसमा दशैको उपहार स्वरुप राज्यको ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुऱ्याइरहेका आशाकर्मीहरूको वेतन बढ़ोत्तरी गर्दै अक्टोबर महिनादेखि मासिक १० हजार रुपियाँ गरिने, राज्यमा दिनदिनै बढ़्दै गरेको स्टोन रोगको समस्यालाई ध्यानमा राखेर प्रत्येक महिना स्टोन अप्रेसन शिविरको आयोजन गरिने, किड्नी अनि क्यान्सर जस्ता प्राणघातक रोगले ग्रसित गरीब जनतालाई सित्थैमा औषधि उपलब्ध गराउने हेतुले राज्यको न्यू एसटीएनएममा गरीब दबाई केन्द्रको स्थापना गरिने रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नियुक्ति पत्र प्राप्त गर्ने सबैलाई कर्तव्यनिष्ठ भएर आफ्नो जिम्मेवारी वहन गर्ने आग्रह गरे। गरीब जनतालाई सेवा पुऱ्याउने हेतुले आफ्नो पदको सदुपयोग गर्ने उनले सबैलाई सुझाउ पनि दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गरेर केही गरेन भन्ने केही व्यक्तिहरूलाई इङ्गित गर्दै मुख्यमन्त्री तामाङले सरकार गठनभएदेखि यता १० हजार भन्दा अधिक सिक्किमे गरीब युवाहरूलाई नौकरी दिइसकेको अनि यो क्रम कहिल्यै नथामिने अवगत गराए। एकाध संकुचित व्यक्तिहरूको प्रतिक्रियाले कदाचित आफ्नो काम नरोकिने उनले ठोकुवा गरे। आज प्रदान गरिएको नियुक्ति पत्र सबै वैध रहेको मुख्यमन्त्री तामाङले किटान गरे। विगत सरकारले जस्तो केवल चुनाउ आउँदा मात्र नियुक्ति पत्र प्रदान नगरेर वर्तमान सरकारले गरीब सिक्किमेहरूको आवश्यकतालाई ध्यानमा राखेर नौकरी दिने कार्य गरिरहेको बताए। यसको साथै कुनै पनि पार्टी नछुटाइ सरकारले युवाहरूलाई नौकरी दिइरहेको विश्वास दिलाए। आफ्नो गरीबीको पुरानो दिनहरूलाई सम्झना गर्दै सम्पूर्ण सिक्किमे गरीब जनतालाई विभिन्नरूपमा सश्कत बनाउने उद्देश्य लिएर काम गरिरहेको जानकारी गराए। कोविडको महामारीमाझ पनि एसकेएम सरकारले स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरेको उनले धेरै उदाहरणहरू पेश गरे। विगत सरकारले राज्यमा औषधि किन्नको निम्ति केवल १७ करोड़ धनराशी राख्ने गरेको तर वर्तमान सरकारले यसलाई बढ़ोत्तरी गरेर ४० करोड़ पुऱ्याएको बताए। यसको साथै किड्नी ट्रान्सप्लान गर्नेलाई ५ लाख रुपियाँको सहयोग राशी, कलेजो ट्रान्सप्लान गर्नेलाई १० लाख अनि फोक्सो ट्रान्सप्लान गर्नेलाई २० लाख रुपियाँको सहयोग राशी प्रदान गरिरहेको गरिरहेको जानकारी गराए।

राज्यका कतिपय चिकित्सकहरूप्रति रुष्ठ हुँदै मुख्यमन्त्री प्रेमसिंह तामाङले सबैलाई निष्ठावान भएर आफ्नो काम गर्ने आग्रह गरे। स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आफू स्वयं पनि दिनरात लागिरहेको तर कतिपय डाक्टरहरूको लापरवाहीले गर्दा राज्यका गरीब जनताले दुःख पाइरहेको बताउँदै सबैलाई यस्तो लापरवाही नगर्ने कड़ा चेतावनी दिए। यसको साथै मुख्यमन्त्री तामाङले भीआईपी कल्चर पनि हटाउने आफुले मनसाय बनाएको कुरा व्यक्त गरे। सिक्किम शान्तमय राज्य रहेको त्यसमाथि पनि आफूले सँधै गरीब जनताको पक्षमा रहेर कार्य गरिरहेको हुँदा आफ्नो सुरक्षामाथि कसैले नराम्रो विचार नराखेको अपेक्षा गरे।
सामाजिक सञ्जालमा केवल प्रतिक्रिया मात्र गर्ने व्यक्तिहरूलाई कटाक्ष गर्दै उनीहरूको भुलभुलायामा नलाग्ने सबैलाई आह्रावन गरे। सरकारले गरिरहेको राम्रो पक्षको चर्चा सबैले गर्ने आग्रह गरे। कतिपयले वर्तमान सरकारलाई २५ वर्षे सरकारसँग तुलना गर्ने गरेको तर यो सरकारले २५ वर्षको सरकारको अनुतापमा धेरै कार्य गरिरहेको मुखअयमन्त्रीले ठोकुवा गरे। यसको साथै आज गरिएको तीनवटा घोषणाहरूको निम्ति सरकारले अगावै धनराशी पनि छुट्याइसकेको मुख्यमन्त्री तामाङले सबैलाई जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *