खाद्यन्न उत्पादको निर्यातबारे कार्यशाला

IMG-20220928-WA0230.jpg

गान्तोक: तादोङस्थित पर्यटन विभागको प्रेक्षागृहमा आज कृषि प्रशोधित खाद्यान्न उत्पादनको निर्यात अवसर सम्बन्धी एक दिवसीय राष्ट्रिय कार्यशाला आयोजना गरियो।
कार्यक्रममा कृषक कल्याण बोर्डका अध्यक्ष फुर्देन लेप्चा प्रमुख आतिथिकोरूपमा उपस्थित रहेका थिए। यसका साथै वाणिज्य एवं उद्योग विभागका आयुक्त एचके शर्मा, उपसचिव, वाणिज्य र उद्योग विभाग, तमरिया लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कृषक कल्याण बोर्डका अध्यक्ष फुर्देन लेप्चाले यस्तो ज्ञानपूर्ण र जानकारीमूलक गोष्ठीमा उपस्थित हुन पाउँदा आफूलाई खुशी लागेको बताए। उनले आजको संगोष्ठी व्यवसायीहरुले राज्यका जैविक उत्पादनको बजार व्यवस्थापन,कौशल र अभिवृद्धिमा केन्द्रित रहेको बताए। लेप्चाले एमएसएमई अन्तर्गतका विभिन्न योजनाहरूको बारेमा जानकारी दिँदै जसले राज्यको ग्रामीण र शहरी क्षेत्रमा नयाँ स्वरोजगार उद्यमहरू स्थापना गरेर रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको जानकारी गराए। उनले यस संगोष्ठीले उद्यमीहरुको व्यवसायिक सम्भावनालाई बढावा दिनसक्ने प्रबल सम्भावना रहेको अवगत गराए। यस संगोष्ठीको प्राविधिक सत्रमा विभिन्न एमएसएमई योजनाहरूको बारेमा जानकारी लिन सहभागीहरूलाई आग्रह गरे। यसै क्रममा सचिव एचके शर्माले आफ्नो छोटो सम्बोधनमा, उद्यम प्रवर्द्धन र विकास सम्बन्धी समस्याहरूको समाधान खोज्न यस संगोष्ठीको आयोजना गरेकोमा आयोजक समितिको प्रशंसा गरे। उनले एमएसएमईले उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउनका लागि योजना र कार्यक्रमहरूलाई सक्षम पार्ने नीतिहरू निरन्तर रूपमा प्रस्तुत गर्दै आएको बताए। शर्माले एमएसएमई क्षेत्रले उद्यम निर्माणको समावेशी अवधारणाको साथै राज्यमा धेरै रोजगारीका अवसरहरू सिर्जना गरिरहेको दावी गरे। यस संगोष्ठीबाट सहभागीहरूले लाभ उठाउनु पर्ने शर्माले आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *