नामथाङ रातेपानीका ५ सय जनाले पाए हाउस अपग्रेडेनसको धनराशि

photocollage_2022928204522313.jpg

गान्तोक: हाल राज्यभरि हाउस अपग्रेडेसनको निम्ति सरकारले धनराशि उपलब्ध गराउँदै आइरहेको छ। यसै क्रममा आज नामथाङ रातेपानी निर्वाचन क्षेत्रका ५ सय जनालाई हाउस अपग्रेडेसनको निम्ति धनराशि वितरण गरियो। नामथाङ निर्वाचन क्षेत्रका ९ वटा ग्राम पञ्चायत यूनिटका लाभार्थीहरूलाई हाउस अपग्रेडेसनको धनराशि एनएचपीसीका उपाध्यक्ष हरि चन्द्र छेत्री, खण्ड प्रशासनिक केन्द्रका उपनिर्देशक महेन्द्र तिमसिना लगायत अन्यहरूको उपस्थिति वितरण गरिएको हो। यसरी हाउस अपग्रेडेसनको निम्ति धनरशी पाएकोमा लाभार्थीहरूले मुख्यमन्त्री प्रेम सिंह तामाङ, क्षेत्र विधायक सञ्जीत खरेल लगायत अन्यहरू प्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *