लोङमु पर्यटक स्थलको प्रचारात्मक कार्यक्रम सम्पन्न

25188725_1718559024841151_1847468019018026201_o.webp

नाम्ची: लुङचाेक-कमेरे जीपीयूमा लाेङमू नामक पर्यटक स्थल रहेको छ।यसकाे आज लुङचोक कमेरे जीपीयूमा प्रचारात्मक कार्यक्रम सम्पन्न भयाे। यस प्रचारात्मक कार्यक्रममा एडीसी (विकास) सीपी राई मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए।लेप्चा भाषामा लाेङमूकाे अर्थ ठूलाे ढुङ्गा वा आमा ढुङ्गा हुन्छ। ढुङ्गै-ढुङ्गाद्वारा सजिएकाे यस पर्यटक स्थलमा स्थानीय पञ्चायतगणले एमजी नरेगा अन्तर्गत फुटपाथ, वेटिङ सेट आदि पूर्वाधारहरू निर्माण गरेका छन्। यस स्थानबाट कालेबुङ, दार्जेलिङ आदि स्थानहरूकाे अवलाेकन गर्न सकिन्छ।
कार्यक्रममा सम्बाेधन गर्दै एडीसी सीपी राईले यस पर्यटक स्थललाई अझ बढ़ाएर लानकाे लागि विभागकाे तर्फबाट हुन सक्ने सहयाेग गर्ने वचन दिए। यस स्थलकाे माध्यमले गाउँमा ग्रामीण पर्यटन फस्टाउने कुरामा जाेर दिँदै उनले ग्रामीण पर्यटनकाे विषयमा कुरा राखे।स्थानीय पञ्चायत सभापति देवराज राईले कार्यक्रमकाे औचित्य विषय प्रकाश पार्दै यस स्थलमार्फत गाउँमा ग्रामीण पर्यटनलाई बढुवा दिनु रहेकाे बताए। आउने पञ्चायतगणले यस स्थललाई अझ सुन्दर बनाएर लान सक्ने बताउँदै फुटपाथ आदि निर्माण गर्न खट्ने एमजी नरेगाका श्रमिकहरूलाई धन्यवाद दिए।यस स्थलका पूर्वधारहरू निर्माण गर्न पञ्चायत काेशबाट दुई लाख चाैतिस हजार लागेकाे र अन्य कतिपय कुरामा गाउँलेहरूले सहयाेग पूराएकाे जानकारी गराए। कार्यक्रममा सहायक निर्देशक(शिक्षा) गंगा दाहाल, लीला मंगर आदिले पनि सम्बाेधन गरेका थिए। यस अवसरमा जिल्ला पञ्चायत सदस्य जमुना राई, वरिष्ठ नागरिक एनआर राई, स्थानीय गाउँलेहरू आदिकाे उपस्थिति रहेकाे थियाे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *