विधायक ढुङ्गेलद्वारा चालक संगठनलाई पाँच लाख प्रदान

IMG-20220928-WA0227.jpg

गान्तोक: हिजो मात्र गठन गरिएको अप्पर तादोङ ट्याक्सी चालक संगठनलाई क्षेत्र विधायक जीटी ढुङ्गेलले ५ लाख रूपियाँ प्रदान गरे। उक्त संस्थाका अध्यक्ष ग्याम्छो भोटियाले आज पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुराको जानकारी गराएका हुन्। उनले बताए अनुसार आगामी वर्ष तादोङ निर्वाचन क्षेत्रका सम्पूर्ण ट्याक्सी चालकहरूको निम्ति विधायक ढुङ्गेलले स्वास्थ्य जीवन वीमा गरिदिने पनि बचन दिएका छन्। मनिपाल अस्पतालमा सबै चालकहरूको जीवन विमा गरिने भएको छ। राज्यमा पहिलो पल्ट विधायक ढुङ्गेलले यसरी चालकवर्गलाई संगठन मजबुत बनाउनको निम्ति ५ लाख रूपियाँ सहयोग गरेर उदाहरण प्रस्तुत गरेको भोटियाले थप बताएका छन्। यसै क्रममा संस्थाका महासचिव श्याम सुन्दासले संस्थाका सदस्य हुनको निम्ति चालकवर्गले भोटर कार्ड, पासफोटो र ड्राइभिङ लाइसेन्स अनिवार्यरूपमा चाहिने जानकारी गराए। संस्थामा आफ्नो नाम पञ्जीकरण गर्न चाहने इच्छुक चालकहरूले संस्थाका अध्यक्ष, महासिचवसँग सोझो सम्पर्क गर्न सकिने सुझाउ दिएका छन्। यसरी नै संस्थाका उपाध्यक्ष बिनोद कुमार बराईलीले विधायक ढुङ्गेलद्वारा प्रदान गरिएको धनराशि संस्थाका सद्स्यहरूलाई दुःख परेको खण्डमा सहयोगको निम्ति प्रदान गरिने अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *