गान्तोक: रम्फू पुलिसले प्रतिवन्धित ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नाम्चीस्थित अप्पर तार्कु निवासी प्रेम कुमार छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले आरोपीबाट ९६० वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र एक बोतल कफ सिरप फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी छेत्री एसके-०१-१३२४ टाटा सुमोमा यात्रा गरिरहेका थिए। पुलिसले आरोपीलाई शंकाको आधारमा रम्फू चेकपोस्टमा जाँच गर्दा ड्रग्स फेला पारेको हो। रम्फू पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।
About Author
Post Views: 185