गान्ताेक: भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशी सिक्किम आइपुगेका छन्। उनी आजदेखि शुरु हुने आधिकारिक भ्रमणका लागि सिक्किम आएका हुन्।
केन्द्रीय मन्त्री जोशीलाई सिक्किमको प्रवेशद्वार रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा राज्य गृह विभागका संयुक्त सचिव (प्रोटोकल) प्रणीत प्रधान तथा खाद्य एवं नागरिक आपूर्ति विभागका अधिकारीहरूले स्वागत गरे।
सिक्किम भ्रमणका क्रममा मन्त्री जोशीका विभिन्न आधिकारिक कार्यक्रमहरू प्रस्तावित छन्।
यसअघि केन्द्रीय मन्त्री जोशीलाई पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।










