खरसाङमा स्टेडियम निर्माणको मागमा र्‍यालीको आयोजना

IMG-20251227-WA0115

खरसाङ: खरसाङको दीर्घकालीन मागलाई मध्यनजर गर्दै केही दिन अघि गठन भएको संस्था खरसाङ स्टेडियम निर्माण समितिले खरसाङमा स्टेडियम निर्माणको मागसहित र्‍यालीको आयोजना गरेको छ। खरसाङ मोटर स्ट्याण्डबाट शुरु भएको र्‍यालीमा विभिन्न संघ-संस्था तथा आम नागरिकहरुले भाग लिएका‌ थिए।

र्‍यालीमा सहभागीहरूले प्लेकार्ड बोकेर खरसाङ शहरको परिक्रमा गर्दै पुनः मोटर स्ट्यान्डमा पुगेर कार्यक्रम समापन गरेका थिए। निर्माण समितिका सचिव सुदिप राईले खरसाङमा स्टेडियमको अभाव भएकै कारण र्‍याली आयोजना गरिएको जानकारी दिएका छन्। यसै गरी समितिका अध्यक्ष छिरिङ खाईबाले विगतदेखि नै स्टेडियम निर्माणको माग उठ्दै आएको भए पनि हालसम्म त्यो सम्भव हुन नसकेको बताए।

खरसाङमा स्टेडियमको अत्यन्तै आवश्यकता रहेको उल्लेख गर्दै उनले यस पटक स्टेडियम निर्माण अवश्यै हुने विश्वास व्यक्त गरे। साथै उनले स्टेडियम निर्माणका लागि हरसम्भव प्रयास गरिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement