खरसाङ: बंगालदेशमा केही दिन अघि एक हिन्दू युवक दिपु दासलाई केही कट्टरपन्थी मानिसहरूले जलाएर हत्या गरेका थिए। यसको विरोधमा वर्तमान समयमा यता भारतमा विरोध प्रदर्शन भईरहेको छ। आज यस विषयलाई लिएर विश्व हिन्दू परिषद, खरसाङ शाखाले पनि एउटा विरोध रैली खरसाङमा निकालेको छ। उक्त रैलीले खरसाङ बजार परिक्रमा गरेर यस अवधि रैलीमा बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भईरहेको अत्यचारको विरोधमा गगनचुम्बी नाराहरू लगाएका थिए। उक्त रैलीपछि मोटर स्ट्याण्डमा आएर सम्माप्त भयो भने यस अघि रैलीले बंगालादेशका अन्तरिम सरकारको प्रमुख महम्मद युनुसको पुत्ला पनि सहन गरेका थिए। आजको यस विरोध रैली विषयमा पण्डित आचार्य केशव मिश्र अनि स्वंय सेवक राजेन्द्र प्रसाद सुवेदीले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।











