नारी शक्ति खरसाङ टाउन कमिटीको तत्वधानमा सभा सम्पन्न

IMG-20251227-WA0113

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति खरसाङ टाउन कमिटीको तत्वधानमा एक महत्वपूर्ण सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो।सभाको अध्यक्षता २८ नम्बर समष्टि नारी शक्ति सभापति सुष्मा मुखियाले गरेका थिए। सभाको संचालन टाउन कमिटी सभापति देवकी प्रधान सुब्बाले गरेकी थिइन्। सभालाई बिशेष रूपले नारी शक्ति खरसाङ महकुमा सभापति साथै खरसाङ नगरपालिका क्षेत्रको चुनाव कोर्डिनेटर सबिता कार्की, टाउन कमिटी मूल सचिव बिरबल पाखरीन, ललिता शेर्पाले सम्बोधन गरेका थिए। सभामा महकुमा नारी शक्ति सह सचिवा रोमा गुरूङ, टाउन कमिटी उपाध्यक्षद्वय संजय मुखिया र रन्जन गजमेर, सल्लाहकार भोला राउत, सांगठनिक सचिव महेत्र सेन शर्मा, कोषाध्यक्ष राजेन प्रधान, नारी शक्ति उपाध्यक्ष नितु गुरूङ, सह सचिवाद्वय डिम्पल लामा र सरिता मुखिया अनि वार्डबाट प्रतिनिधिहरु उपस्थित थिए। सभाको विषय प्रत्येक वार्डमा सांगठनिक ढाचा तयार गर्न अनि नारी शक्ति टाउन कमिटीमा आधिकारिक रूपमा थप सदस्यहरू अनि रहिआएको सदस्यहरूलाई पदोन्नति विषयमा जानकारी गराइएको थियो। सभामा सर्वसम्मतिद्वारा पार्टीको मजबुतीकरणको निम्ति टाउन कमिटी नारी शक्तिको पदाधिकारीगणलाई आधिकारिक रूपमा नियुक्ति पत्र प्रदान गरिने साथै थप पदहरू थपिने प्रस्ताव पारित गरियो। अब चाडै नै अर्को सभा गरिने सभामा तय भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement