मिरिक: अगमसिंह गिरी साहित्य प्रतिष्ठानले आज ९८औं जातीय कवि अगमसिंह गिरी जन्म जयन्ती समारोह सौरेनी बजार स्थित शालिक परिसरमा एक सामान्य कार्यक्रम बिच सम्पन्न भयो।प्रतिष्ठानका अध्यक्ष मनोहर शर्माको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको रुपमा जीटीएका कार्यकारी सभासद उपस्थित थिए।समारोहमा साहित्यिक बन्धुहरु समाज सचेतक दधिराम घिमिरे, तारा घिमिरे, कमल प्रधान, रोधन छेत्री लगायत सौरेनी ग्राम पञ्चायत एकका उपप्रधान अजित छेत्री, सदस्यहरु संजय ढकाल, आदेश राई लगायत अन्यको विशेष रुपमा उपस्थिति रहेको थियो ।समारोहमा प्रमुख अतिथि अनि समारोह अध्यक्षले जातीय कवि अगमसिंह गिरीको शालिकमा दीप प्रज्जवलन गरि खदा माला अर्पण गरि श्रदा सुमन अर्पण गरियो।प्रतिष्ठानका सचिव अजित वियोगीले स्वागत मन्तव्य राखेको उक्त समारोहमा प्रमुख अतिथि कार्यकारी सभासद अरुण सिग्चीले जातीय कवि गिरी प्रति श्रद्धा सुमन अर्पण गरे।उनलेजातीय पहिचान, साहित्य, र चेतनाको दीप प्रज्वलित गर्न आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका महान् व्यक्तित्व अगमसिंह गिरीको नाम गोर्खा साहित्यमा स्वर्ण अक्षरले अंकित छ भने। उनका सिर्जनाहरूले गोर्खा जातीय अस्तित्व र स्वाभिमानलाई उजागर गर्दै समाजलाई जागरूक तुल्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।गोर्खा जातीय कवि अगमसिंह गिरीले साहित्यका माध्यमबाट गोर्खा समुदायको भावना र आवाजलाई अभिव्यक्त गर्दै समाजमा नयाँ चेतना फैलाउने कार्य गरे। उनका कविता, गजल, रचनाहरूले केवल साहित्यिक योगदान मात्र नभई राजनीतिक र सामाजिक चेतनाका लागि पनि मार्गदर्शन प्रदान गरे। प्रतिष्ठानका सहसचिव बालकृष्ण शर्माले सञ्चालन गरेको उक्त समारोहमा समारोह अध्यक्ष साथै प्रतिष्ठानका अध्यक्ष मनोहर शर्माले यस् वर्ष प्राकृतिक प्रकोपबाट सौरेनी क्षेत्र शोकमा रहेको कारण यो वर्ष सामान्य रुपमा पालन गरिएको बताउदै आगमी दिनहरूमा अझ भव्य साहित्यिक कार्यक्रमहरु लिएर पालन गरिने बताउदै आज सहभागी बनेर गिरी जयन्तीमा साक्षी बन्नु सम्पूर्णमा आभार प्रकट गर्छु भनेका छन्।











