अष्ट्रेलियाविरुद्ध चौथो एशेज टेस्ट म्याचमा ईंग्ल्याण्डको ४ विकेटले ऐतिहासिक जीत

IMG-20251227-WA0073

मेलबर्न: ईंग्ल्याण्डले चौथो एशेज टेस्ट म्याचमा आयोजक अष्ट्रेलियालाई ४ विकेटले पराजित गऱ्यो। यो ईंग्ल्याण्डको अष्ट्रेलियाई माटोमा गत १५ सालमा पहिलो टेस्ट म्याच जीत हो। यसअघि गत १५ सालमा ईंग्ल्याण्डले अष्ट्रेलियामा १६ वटा टेस्ट म्याच हारेर २ वटा ड्र गरेको थियो। मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)-मा पेस बलरहरूका ताण्डवबीच बक्सिंग डे टेस्ट म्याच केवल डेढ़ दिनमा समाप्त भयो। डेढ़ दिनको खेलमा जम्मा ३६ विकेटको पतन भयो अनि अन्तमा नतीजा चाहिँ ईंग्ल्याण्डको पक्षमा रह्यो। चरम रोमाञ्च र उतार-चड़ाउले भरिएको चौथो टेस्ट म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा १५२ रन बनाएको थियो। जवाफमा ईंग्ल्याण्डले केवल ११० रन बनाउँदा अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा ४२ रनको बढ़त हासिल भएको थियो। त्यसपछि शनिवार अष्ट्रेलियाको दोस्रो ईनिंग्स केवल १३२ रनमा समाप्त हुँदा ईंग्ल्याण्डलाई म्याच जित्न १७५ रन बनाउने लक्ष्य हासिल भयो। ईंग्ल्याण्डले पनि आक्रामक मिजासमा खेल्दै ६ विकेटमा १७८ रन बनाएर ऐतिहासिक जीत हासिल गऱ्यो। चौथो टेस्ट ईंग्ल्याण्डले जिते पनि ५ वटा टेस्ट म्याचको सीरीजमा अष्ट्रेलिया ३–१–ले अघि रहेको छ। सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच ४ जनवरीदेखि सिडनीमा शुरु हुनेछ।
म्याच जित्न १७५ रनको लक्ष्यलाई पीछा गर्दै ईंग्ल्याण्डको निम्ति जेकब बेथेलले सर्वाधिक ४० रन बनाए। उनले ४६ बल खेलेर ५ वटा चौका लगाए। यसबाहेक ज्याक क्रलीले ३७ र बेन डकेटले ३४ रनको योगदान दिए। ह्यारी ब्रूक १८ रनमा अविजित रहे। ज्याक क्रली र बेन डकेटले आज ईंग्ल्याण्डलाई तेज शुरुवात दिलाए अनि यी दुईले मिलेर पहिलो विकेटको निम्ति ५१ रनको पार्टनरशीप गरे। ईंग्ल्याण्डले पछिबाट क्रली र डकेटको साथमा ब्रायडन कार्स (६) र जो रुट (१५ रन)-को विकेट गुमाए पनि बेथेलले उत्कृष्ट ब्याटिंग गरेर टीमलाई जीतको नजिक पुऱ्याए। अन्तमा ब्रूकले जेमी स्मिथ (अविजित ३ रन)-सँग मिलेर ईंग्ल्याण्डलाई जीत दिलाए। अष्ट्रेलियाई बलरहरूमा मिचेल स्टार्क, झाय रिचार्डसन र स्कट बोलाण्डले २–२ विकेट लिए। यसघि आज बिहानको सेशनमा अष्ट्रेलियाको दोस्रो ईनिंग्स केवल १३२ रनमा समाप्त भयो। ओपनर ट्रेविस हेडलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। हेडले ६७ बल खेलेर ४ वटा चौका लगाए। कप्तान स्टीव स्मिथले २४ रन बनाए। ब्रायडन कार्स र स्टोक्सले लगातार विकेट हासिल गरी अष्ट्रेलियालाई समस्यामा पारे। मार्नस लाबुशेन ८, उस्मान ख्वाजा शून्य र एलेक्स केरी ४ रन बनाएर आउट भए। क्यामरन ग्रीनले १९ रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा कार्सले ४ र स्टोक्सले ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement