ब्याटरहरूका निम्ति काल साबित हुने एमसीजी-को पीचलाई लिएर विवाद

IMG-20251226-WA0020

मेलबर्न: अष्ट्रेलिया र ईंग्ल्याण्डबीच एशेज सीरीजको चौथो म्याच डेढ़ दिनमै समाप्त भयो। यस सीरीजको पहिलो म्याच पनि २ दिन भित्रै समाप्त भएको थियो। शनिवार ईंग्ल्याण्डले अष्ट्रेलियालाई चौथो टेस्ट म्याच (बक्सिंग डे)-मा ४ विकेटले पराजित गऱ्यो। यो ईंग्ल्याण्डको अष्ट्रेलियामा १५ सालमा पहिलो टेस्ट म्याच जीत हो। म्याच चरम रोमाञ्चक भए पनि मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)-को पीचलाई लिएर प्रश्न उठेको छ, जहाँ डेढ़ दिनमा जम्मा ३६ विकेटको पतन भयो। यसमा २० विकेटको पतन त पहिलो दिन नै भएको थियो। ब्याटरहरूका निम्ति काल साबित भएको एमसीजी-को पीचसँग ईंग्ल्याण्डका पूर्व कप्तान केविन पीटरसन पनि खुशी छैनन्। उनले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेका छन्, भारतीय पीचमा कुनै पनि टेस्ट म्याचको पहिलो दिन यति धेर विकेटको पतन भएको भए आलोचना हुने थियो। विशेषगरी अष्ट्रेलियाई मीडियाले भारतको आलोचना गर्ने थियो। यसैकारण यसपाली अष्ट्रेलियाको पीचलाई लिएर पनि जाँच हुने अनि प्रश्न उठ्ने मलाई आशा छ। जे भए पनि निष्पक्षता त हुनु पऱ्यो। नियम सबैको निम्ति बराबर हुनु पर्छ। यसरी ईंग्ल्याण्डका पूर्व पेस बलर स्टुअर्ट ब्रडले भनेका छन्, पीचमा बल जसरी मूभ भइरहेको थियो, त्यसलाई देख्दा मलाई केही त गलत भएको जस्तो लाग्यो। टेस्ट म्याचमा बलरहरूलाई प्रभावी ढंगले बलिंग गर्न यस स्तरको मूभमेण्टको आवश्यकता पर्दैन। असल टेस्ट म्याच पीचमा असल बाउन्स हुन्छ तर नचाहिँदो साइड मूभमेण्ट हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement