मिलनमोड़ गोल्ड कपः तरञ्जुबारी एफसी-को जीत

photocollage_2025122622485686

सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा तरञ्जुबारी फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा शुक्रवार भएको म्याचमा तरञ्जुबारी एफसी-ले एसएसबी रानीडांगाविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट राजा छेत्रीले चौथो मिनट र ७९औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल नीरज कार्कीले २५औं मिनटमा गरे। यसरी एसएसबी-को तर्फबाट रोहित रसाईलीले २२औं मिनट र मनीष पावाले ८५औं मिनटमा गोल गरे। राजा छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने म्याचमा सामुकतला एफसी र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement