रास्वपा–बालेन पक्षबीच सहकार्य, राजनीतिक नियुक्तिमा सहमतिको तयारी

IMG-20251226-WA0046

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच राजनीतिक सहकार्य र भावी नियुक्तिका विषयमा सहमतिको वातावरण बनेको छ। दुवै पक्षबीच गठित वार्ता समितिले छलफललाई अन्तिम चरणमा पुर्‍याएको छ।
वार्तामा संलग्न नेताहरूका अनुसार सहकार्यको ढाँचासँगै पार्टी संरचना र जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावहरूमा मूलतः सहमति जुटेको छ। यद्यपि केही विषयमा अन्तिम निर्णय हुन बाँकी रहेकाले औपचारिक घोषणा शनिबार हुने बताइएको छ।
रास्वपाका एक नेताले भने, “मेयर शाहलाई पार्टीको नेतृत्व तहमा समेट्ने र केन्द्रीय संरचनामा उहाँको समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा सकारात्मक छलफल भएको छ।” उनका अनुसार सहसभापति जस्ता जिम्मेवारी र भावी सरकार गठनको सम्भावनासँग जोडिएका विषयमा पनि विचार भइरहेको छ।
मेयर शाहनिकट नेताहरूले हालै निर्वाचन आयोगमा ‘देश विकास पार्टी’ अद्यावधिक गरिसकेका छन्। यद्यपि पछिल्लो छलफलपछि उक्त दलमार्फत अघि बढ्ने वा रास्वपासँगै एकीकृत हुने भन्ने विषय खुला राखिएको छ।
दुवै पक्षका शीर्ष नेताबीच प्रत्यक्ष संवाद भएपछि राजनीतिक नियुक्ति र सहकार्यको मोडालिटीलाई अन्तिम रूप दिने तयारी छ। सहमति कार्यान्वयनमा आएमा आगामी दिनमा नयाँ राजनीतिक समीकरण देखिने नेताहरूको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement