जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानद्वारा भ्रमण निरीक्षण
खरसाङ: हिजो राती जंगली हात्तीले सुकना बनबस्ती प्राथमिक पाठशाला भवन क्षतिग्रस्त पारेको छ। आज घटनाको खबर पाउन साथै बिहानै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेस चौहानले निरीक्षण भ्रमण गरेका छन्। उनीसितै पाठशाला उप परिदर्शक खरसाङ क्षेत्र, वन विभागका अधिकारीवर्ग घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गरेका थिए। घटनास्थलबाटै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई डेपुटी चेयरम्यान राजेस चौहानले घटनाको सम्पूर्ण विवरण बुझाएका छन्। यसको साथै राजेस चौहानले घटनास्थलबाटै डिएफओ वाल्ड लाइफसित पनि बातचीत गरेर कसरी जीटीए र वन विभाग वाल्ड लाइफसित मिलेर भविष्यको निम्ति पाठशालालाई सुरक्षित गर्न सकिन्छ भन्ने कुरो भएको प्राथमिक पाठशालाका बोर्ड सदस्य अशोक प्रधानले जानकारी दिएका छन्।











