मिलनमोड़ गोल्ड कपः ईष्ट बेंगल राजगञ्ज क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_20251225233549266

सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा ईष्ट बेंगल राजगञ्जले क्वार्टर फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा बिहीवार भएको म्याचमा ईष्ट बेंगल राजगञ्जले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-विरुद्ध पेनल्टी शूटआउटमा ६-५-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।नियमित समयको खेलमा ईष्ट बेंगल राजगञ्जको तर्फबाट देवजीत रोयले छैटौं मिनटमा अनि यूकेएफसी-को तर्फबाट अशोक भुजेलले ३२औं मिनट (पेनल्टी)-मा गोल गरे। विजेता टीमका गोलकीपर बापी जमादारलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा तरञ्जुबारी एफसी र एसएसबी रानीडांगाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement